
सम्झी बस्छु !
May 17, 2007“ए कहाँ जान लागीस् -”
आफ्नै सुरमा हिडेकोले म एकाएक झस्किएँ । फर्किएर हर्ेन मन नलाएको होइन तर टाउको घुमाउने कष्ट नगरुझैं लाग्यो । खुरुखुरु हिडिरहे । मान्छेको भिडमा यस्ता वाक्यहरु सामान्य लाग्थे मलाई । त्यहि पनि कोही चिनेकोले बोलाएको होला भनेर यसो फर्किहाले, अर्कैले अर्कैलाई बोलाएको रहेछ । त्यहि पनि हार खाएन, मनले विरक्त मानेन । पाईला सधैझैं चालिरहे बसपार्कतर्फ। बाटामा अनगिन्ती मान्छेहरु यताउती हिडिरहेका थिए । भिडमा सबै किसिमका मानिस थिए, कोहि बुढा कोहि जवान कोहि केटाकेटी र केटी पनि उत्तिकै थिए । केटीहरुलाई अलि ध्यान दिएर हर्ेर्थें, सधैझैं कसैका भुलिएका अनुहार खोज्दै ।
” कस्तो होस नभएको रै छ”
म सँग ठोकिएकी केटीले मलाई झसङ्ग पारिदिई । एकदमै एकोहोरो भएको अनुभव गर्दैछु आजकल । “किन खाली गिलास तानीरहेको” रोशनको कुरा सुनेर क्यान्टिनमा झस्किएझैं लाग्यो अहिले पनि ।
चक्का जाम रहेछ गाडिको । अलमलमा पर्नु बाहेक केहि विकल्प थिएन मेरा लागि ।
“मम्मी चक्का जाम छ, हिडेर आउदै छु , नआत्तीनु ल” एउटी युवती मोबाइलमा व्यस्त थिई ।
“क्यै स्वादै छैन” मेरो मुखबाट निस्केका शब्दहरुलाई मैले नियन्त्रण गर्न सकिन ।
गन्तव्यलाई धेरै टाढा देख्न थालेका मेरा पाइलाहरु यता उति गर्न व्यस्त थिए । म भने भुलेका अनुहार खोज्दै थिएँ सधैझैं । २-३ घण्टा बितेको मलाइ पत्तो भएन । ६ बजेको घण्टाघरमा प्रष्ट देखेपछि चिन्ताका धर्सर्ाा मेरो अनुहारमा देखिनु मलाइ अस्वभाविक लागेन । जिवहरु यता उता हिड्दै थिए । फोन गरौं कि भनेर नसोचेको होइन तर गाडी पाइहाल्ने आशा मनमा जिवितै थियो । सोच्ने क्रममा साँझ छिप्पिँदै गयो । ६, ७, ८, ९ गर्दै १० बज्यो । बसपार्क शुन्य लाग्यो फर्किएर हर्ेदा । मन आत्तीन थाल्यो । सोचेँ ठमेल साथीकहाँ जाउँ कि भनेर तर उ सँग मुखामुख भएको घटना दिमाग वरिपरी घुमिरह्यो, गल्ती उसैको थियो, उसले मलाइ “सन्की” न भन्न पर्ने ।
“कसलाई पर्खेको -”
“जसलाई पर्खे पनि के भो र -”
मेरा तिता शब्दहरु सोझै ति बुढा मानिसतिर बज्रिए । रात छिप्पिँदै गयो । सुनसान सडक, कतै-कतै कुकुर भुकेको आवाजले आङ शिरिङ्ग भयो ।
“केहि नहुने जस्तो भएपछि पाइला अलि अलि बढ्न थाले । मुटु चाँडै धड्किरहेको अस्वभाविक नलागेपनि म साह्रै नै डराएको थिएँ । रात त एकदमै परिचित थियो मेरा लागि ”………. भुक्ने कुकुर त म सँग एकदमै मिल्थे । त्यहि पनि ……….कता कता ……….डर ……….मुटुमा ।
म हिड्दै थिए । १०-१५ मिनेट जति हिडेपछि एउटा परिचित आवाज म तिर दर्गुदै आएको भान मलाइ भयो । हर्ेदा छक्क पर्न सिवाय केहि थिएन ……….चक्का जाममा गाडि मजाले चलेको देख्दा अचम्म लाग्नु कुनै नयाँ कुरा थियो । सेतो नम्बर प्लेट भएको गाडी देख्दा मलाइ उत्सुकता जाग्यो । गाडी मनेर आएर रोकिएपछि म चढ्न बेर लगाइन । गाडी पुरै खाली भएको मेरा आँखाले पत्ता लगाए । राम्ररी हर्ेदा कुनामा एउटी युवती बसेको देखेँ । मनमा आएको उत्ताउलो भावनालाई थाती राख्दै म बीच तिरको सिटमा बसेँ । गाडि चलिरहेको थियो ।
“उसले पनि तलाई प्रेम गर्छर्ेेे । उसको मुखबाट त सुनेको छैन तर उ भित्र भित्रै तलाई मन पराउँछे ।”
गाडी एकाएक रोकिएपछि म झल्यास्स भएँ । सुतेर उठेझैं लाग्यो । चालक ओर्लेर कहाँ गयो थाहा भएन । पछाडि फर्केर हर्ेदा ति युवती घोप्टो परेर बसिरहेकी थिइन् । म गएर कुरा गरौं झैं लाग्यो तर आँट आएन । म आफ्नो अतितमा क्षण-क्षणमा फर्किरहन्थेँ ।
“उ त्यस्ती केटी होइन होला “
“तैले ठीक गरिस् उसलाइ पत्र दिएर”
“प्रतिक्रिया साह्रो पनि हुन सक्छ ।”
म फेरी व्युझिएँ ………. “पिसाब फर्ेन गएको थिएँ ” चालकको कुरा मैले त्यति सुनिन । गाडी रफ्तारमा गुडेको भन्न सक्ने अवस्था थिएन । स्वभाविक बाटोबाट नलगी गाडी घुमाएर लगेको चालकको नियत नराम्रो लागेन मलाई ।
“टेकुमा त गुण्डाको बासै छ रे आज ” चालक बोल्दै थियो, म र्फकदै थिएँ आफ्नो अतिततिर ……….
“आज उसलाई भेटेर कुरा गरेँ तेरो बारेमा । उ चुपचाप हाँसीरही मात्र “
“उसको मौन स्वीकृति छ तेरो प्रस्ताव प्रति । उसले भन्दै थिई तँ सँग भेट्नु छ भनेर ।” म अतित तिर फर्किरहन्थेँ पल पलमा । त्यही अतित थियो एउटा सहारा ……….।
गाडी फेरी रोकियो । चारैतिर अन्धकार भएकोले ठाउँ पत्ता लगाउन मैले सकिन । एक पटक गाडी भरी आँखा घुमाएँ । त्यहाँ म थिएँ, ति अनजान युवती र जिन्दगीलाई चलाईरहने चालक ……….। त्यही पनि गाडीभरी मान्छे टन्न भएको अनुभव भयो । कोचाकोच, हल्ला गर्दै, कराउँदै ……….। मलाई उकुसमुकुस भयो, घाँटीमा केही अड्किएझैं भयो……….सासै फर्ेन सकिन ……….”लौन मलाई के भयो” म चिच्याएँ ……….आँखा चिम्म भए मेरा । खोल्दा कोही थिएन ति युवती, चालक र म बाहेक ……….। अचम्म लाग्यो ……….”के भयो होला मलाई” म बर्वराउन थालेँ । फेरि फर्किएँ युवती तर्फ”बोलौं कि – भै गयो ……….। “सायद आफ्नै संसारमा होलीन्” मनमनै सोचेँ फेरी फर्किए अन्धकारमय अतित तिर ।
“सरी यार !!! ……….एउटा नराम्रो खबर छ……….पिर नमान् है ……….विनिताको त विवाह ……….
म घरि यता घरि उता छटपटिदै थिएँ । बस्न अप्ठ्यारो झैं भयो । चिसो बढ्दै थियो मङ्सीरको……….। ज्याकेट पनि पातलो ……….जाडोले काम्न थालेँ । शरिरमा तातो एकाएक त्यतिखेर रन्कियो जब ति युवती उठेर अगाडि बढेको मेरो काने आँखाले देख्यो । त्यहाँ देखी अगाडि बढिन् र म छेउको सिटमा आएर बसिन् । मलाई अस्वभाविक लाग्यो । “कस्ती युवती रहिछ” मनमनै भनिहालेँ । उनले आफ्नो अनुहार ढाकेकी थिइन् वा अध्यारो बढि थियो मैले अनुहार राम्ररी हर्ेन पाइन ।
“तँ उ सँग बोल्नु पर्ने । उसले आश गरकी थिइ रे । तर पत्र दिएपछि तँ उसको अगाडि नै परिनस् । कस्तो मान्छे, ७-८ वर्षपुरानो प्रेमलाई त्यसै जान दियो ।
“हजुर कहाँबाट -” घोप्टो मुख लगाउने ति युवती बोलिन् ।
“दाङ”
“मतलव, यहाँ कहाँबाट -”
“रत्नपार्क”
“किन ढिलो गर्नुभयो -”
“त्यो आफूलाई सोध्नुस् न -”
म किन हो किन उसँग नजिकिन खोजिन । अध्यारोमा न मैले उसलाई देखें राम्ररी न त उसले नै मलाई ।
“के गर्नुहुन्छ नि -”
“पढ्छु “
“कुन भिखभ मिा -”
” द्यबअजभयिच “
“कुन ाबअगतिथ -”
“क्अष्भलअभ”
म वाक्क भइसकेको थिएँ जवाफ दिंदा । तर युवती भने विस्तारै विस्तारै बोल्दै थिइन् । गाडी ग्वार्को पुगेको थिएन । झ्यालको सिसाबाट हावा आएको मैले पत्तो नपाएपनि उनले तरुन्त थाहा पाइहालिन् र मलाई दुस्ख दिइन् । म झ्याल बाहिर हेरिरहे र उनी भने घोप्टोको घोप्टै थिइन् । एकछिन ति युवतीको बारेमा सोच्न थालें । “किन एक्ली होलिन विचरी – सायद म जस्तै होली वुद्धिमानीहरुबाट उपक्षेत र मतलव नगरीएकी ……….म जस्तै ।
गाडी चढेको १ घण्टा बित्दा पनि गाडीले उपेक्षीत दूरी पार गरेको थिएन । त्यसै कारणले होला ति युवती आत्तिएको जस्तो मलाई लाग्यो । सायद युवतीको मन पनि डराएको हुनर्ुपर्छ । म जस्तो लाठे केटो मान्छे त कामेको थिएँ रातको त्यो प्रहरमा, ति विचरी त कोमल युवती, किन नडराउन त ।
अलि अलि टिठ लाग्यो, केही सहयोग गरौं झैं लाग्यो तर गर्न के पो सक्थें र म । १०-१२ घण्टा अगाडि खाएको नास्ता रुप परिवर्तन गरी रगतका नशामा छिरिसकेको थियो । बाहिर घरका बत्तीहरु कहिलेकाहीं गाडी भित्र छिर्दा उनको अनुहार हर्ेन मैले धेरै नै प्रयत्न गरें तर म असफलको असफल नै भएँ । सायद उनले चाल पाइन क्यार……….अलि अप्ठ्यारो माने झैं गरी बसिन् । “मैले उसलाई न हर्ेन पर्ने” फ्याट्टै सोचिहाले । “हर्ेर्नै नहुने हो र -” म आफ्नो अल्मलीएको सोचाइ प्रति दङ्गदास थिएँ ।
“हजुर कहाँ जान थालेको नि -” धेरै बेर पछि ति युवतीको आवाज सुन्दा म उत्साहित भए ।
“मुलपानी, अनि हजुर नि -” मैले प्रथम पटक प्रश्न सोध्ने हिम्मत कहाँबाट जुटाएँ, मलाई नै थाहा थिएन ।
“म चाहिँ कर्ीर्तिपुर जान लागेकी तर गाडी छैन होला, मुलपानी नै जान्छु होला, त्यहाँ मेरो ठूलो बुवा हुनुहुन्छ ।”
एउटै गन्तव्य भएको पत्तो पाउँदा अलि अलि खुसी लाग्यो । त्यसपछि धेरै बेर हाम्रो कुराकानी भएन, सायद १० मिनेट जति । गाडी कोटेश्वर पुग्न लागेको थियो । गाडी एकाएक रोकियो । गाडीको रोकिने-चल्ने क्रमबाट म कत्ति पनि विचलीत थिइन । गाडीभित्र झलमल्ल उज्यालो छायो । हाम्रो पर्ूववत अवस्था यथावत नै थियो । म झयाल बाहिर, उ घोप्टो परेर । फर्केर उसलाई हेरु झैं लाग्यो तर डर लाग्यो । तर विस्तारै हिम्मत जुटाएँ र युवती तर्फफर्किए ।
म झस्किएँ, लामो न्रि्राबाट बिउभि+mए झैं लाग्यो मलाई, म काम्न थालें । पसिनाले जिउ भिजेको पत्तै पाइन मैले । आकाश तल खसेझैं लाग्यो । मलाई के भयो के भयो, थाहै भएन ।
अनायासै मेरो मुखबाट शव्द निस्कियो ” वि ……….नि ……….ता, तिमी ।”
मलाई ज्वरो आएझैं भयो । उसलाई २-३ वर्षछि अस्वभाविक रुपमा भेट्दा मेरो मनमा खैलावैला मच्चियो । म स्वाट्ट झयालतिर फर्किएँ । मलाई देखेर उसको हालत पनि सायद मेरो जस्तै भयो होला । मैले त्यति चाल पाइन । एक प्रकारको ज्वरो मेरो तनमा यताउती गरिरह्यो केही बेर ।
“तिमी किन यस्तो परिवर्तन भएको -” उसका शब्दहरु नसिद्धिँदै म उ तिर फर्किहाले ।
“परिवर्तन स्वभाविक थियो “
“मैले शारिरीक परिवर्तन पो भनेको “
“परिवर्तनको प्रकार हुँदैन”
“तिमीले पढाइ विचमा छोडेका थियौ रे “
“हैन जिन्दगीले मलाई ” उनी अग्रसर देखिन्थिन् म भन्दा ।
“तिमीले जिन्दगी बुझेका छैनौ अझै पनि “
“बुझाउने तिमी भइनौ “
“म त सधैं तिमी सँगै थिएँ “
“मैले महसुस गर्न सकिन”
“सायद कमजोर भएर होला”
“प्रेम कमजोर थिएन”
“अभिव्यक्ति थियो होला”
गाडी अलि वेगसँग हुइकिँदै थियो । चालक आफ्नै धुनमा थियो ।
“प्रेम र पिडाको सम्बन्ध नजिक हुन्छ भन्ने कुरा तिमीलाई थाहा नभएको होइन ।”
“प्रेम प्राकृतिक थियो, पिडा सामयिक भयो ……….”
“म पनि तिमीलाई प्राकृतिक प्रेम गर्थे “
“पछि थाहा भइहाल्यो नि”
“प्रेम सधै संयोगात्मक हँुदैन “
“म त वियोगात्मक प्रेमी हुँ “
“तिमीले अभिव्यक्त नै गरेनौ”
“तिमीले बुझिनौ”
“कोशिश धेरै गरें त्रि्रो व्यवहार पढ्न”
“आँखा पढेको भए हुन्थ्यो” म बोलिहालें ।
प्रश्न जवाफको श्रृङ्खखला तन्किरहेको थियो । मेरो मन हलुङ्गो हुँदै थियो ।
“त्रि्रा आँखा म सँग कहिल्यै जुधेनन्”
“तिमीले बुझनुपर्ने पहिलो संकेत नै त्यहि थियो” म रोकिन चाहिन ।
“हामी ६-७ वर्षसँगै थियौं तर पनि तिमी कहिल्यै बदलिएनौ “
“कोशिश नगरको होइन”
“अहिले नि -”
“परिवर्तन प्राकृतिक हुँदोरहेछ , कोशिश गरेर नहुने “
उनी मलाई पल पल हेरिरहन्थीन् ……….। म भने उनलाई हर्ेन सकिरहेको थिइन । सायद अप्ठ्यारो लागेको थियो होला मलाई ।
“तिमीले अलिकति पनि प्रयत्न गरेको भए मेरो आँखामा प्रेम भन्दा अरु केहि भेट्टाउदैनथ्यौ”
“म प्रेममा चभकगति खोज्दैनथें । म तिमीलाई चोखो प्रेम गर्थे, मलाई बस त्यति नै थाहा थियो”
“मतलव तिमी एकतर्फी प्रेम होस् भन्ने चाहन्थ्यौ -”
“तिमीले बुझिनौ “
“तिमीले बुझाएनौ”
गाडी चालक पल्याक पुलुक फर्केर हेर्थ्यो र अचम्म मानेझैं गर्थ्यो ।
“म त कमजोर थिएँ होला ……….यदि तिमीले बुझेकी थियौ, तिमी पनि मलाइ प्रेम गर्थ्यौ भने किन प्रतिक्षा मात्रै गर्यौ त -”
“मैले भनिहालें नि म त्रि्रा आँखा बुझन अर्समर्थ थिएँ “
“आखिर मैले तिमीलाइ प्रेम निवेदन गरेकै थिएँ “
“धेरै ढिलो भइसकेको थियो”
“चोखो प्रेम सधैं अमर हुन्छ” म फिल्मी नायक झैं बोलिरहें ।
“जुन दिन मैले त्रि्रो पत्र पाएँ, त्यसको ३ दिन अगाडि नै मेरो भाग्य लेखिएको थियो ।” म झसङ्ग भए उसका कुरा सुनेर । गला अवरुद्ध भयो ……….।
“के भयो तिमीलाई -” उनले प्रश्न गरिन्
“नौलो केहि भएको छैन”
“म अन्तिम घडिसम्म तिमीलाई नै पर्खिरहेको थिएँ र आज पनि ……….।” उनी बोल्दा बोल्दै अड्डहिालीन् ।
“के भयो भाइ किन गुनगुन गर्नुभएको -” चालक बेकारमा बोलिहाल्यो ।
त्यसपछि वातावरण एकछिन सुनसान भयो । एकछिन पछि मेरा हात उनले समातीन् , मलाई करेन्ट लागेझैं भयो । मैले हात झिक्न प्रयत्न गरें । मेरो वर्षौ पुरानो प्रेम विस्तारै जाग्दै थियो ।
“यो ठीक होइन” म बोल्न धेरै बेर लगाइन ।
“कुरा गलत, ठीक-बेठीकको होइन “
“अनि के हो त -”
“हाम्रो प्रेमको ” उनका आँखाबाट आँसु झर्दै थिए ।
म अतीततिर फर्किए जब एकदिन सरले उनलाई पिट्दा उनी रोएकी थिइन् । तब मेरो हालत साह्रै टिठलाग्दो थियो । म रुदै घर गए, रातभरी पनि रोएछु ……….विहान सिरानी भिजेको देख्दा चाल पाएको थिए ।
“म तिमीलाई आज पनि उत्तिकै प्रेम गर्छर्ुुति पहिला गर्थें “
“म पनि” भावुक हुदै मैले भने । विचारभाटाका खोलाहरु एउटै सागरमा भेट हुदै थिए । तब मैले पनि उनका कोमल हातहरु र्स्पर्श गरें । हामीहरु भावनामा विलिन हुँदै थियौं ।
“किन तिमीले कहिल्यै भनेनौ”
“डर लाग्थ्यो, कतै तिमी म बाट टाढा हुन्छौ कि भनेर”
“पागल ……….उनी रोमान्टिक हुदै थिइन् ।
“जाउँ कतै टाढा ……….सबैदेखि टाढा” हामी दुवै एकैचोटी बोलेझैं भयो ।
“मलाई कसैको मतलव छैन” उसका शब्दहरुले मेरा आँखा रसाए ।
“म सधैं तिमीलाई खुसी दिनेछु ……….कहिल्यै दुस्ख दिने छैन । हाम्रो प्रेम अमर हुनेछ ।” म बोल्दै थिए, उ र्समर्थन दिदै थिइ । हाम्रो प्रेम सँगै गाडी पनि क्रमशस् गुडिरहयो ।
चालकले गाडी एकाएक रोक्यो । अलि अचम्म लाग्यो । उ हामीतिर बढिरहयो क्रमश । मलाई डर लाग्यो उसको नियत देखि ……….। उ नजिक आयो र जर्किदै बोल्यो
“ए भाइ के हो -”
“के भो र -”
“को सँग कुरा गरिरहेको – मैले अघि देखि ख्याल गरिरहेको छु ।” चालकका कुरा प्रति हाँसो उठ्यो मलाई, विचरा थाकेको झैं लाग्यो ।
“तपाइ होशमा त हुनुहुन्छ , रक्सी त खानुभएको छैन -”
“मैले रक्सीलाई कहिल्यै हात लगाउदिन”
“अनि के कुरा गर्नुभएको त -”
“तपाइ कोसित कुरा गरिरहनुभएको -” मलाई मेरो प्रेम प्रति पर्ूण्ा विश्वास थियो ।
“म मेरी विनिता सँग कुरा गरिरहेको नि, देख्नुहुन्न -”
“को विनिता सँग -”
मलाई रिस उठ्न थाल्यो । “तपाइको गाडीमा अरु को छ र, उनी र म बाहेक -”
“गाडीमा त म छु अनि तपाइ । अरु को छ र -”
मेरो रिस बढ्दै थियो । “नचाहिने कुरा किन गरेको” म झोक्कीए चालक माथी ।
“क्या पागल रै छ ……….सन्की ।” चालक फर्कियो ।
चालक गइसकेपछि विनितालाई नहेरी भने “नडराउ यी मान्छेहरु यस्तै हुन् ।” विनिता केहि बोलिनन् । म उनीतिर फर्किए । “अरे, विनिता !! कहाँ गयौ तिमी -” मेरो छेउको सिट खाली थियो । त्यहाँ विनिता थिइनन् । म एक्लै थिए । गाडीभरी पुरै खोजे विनितालाई, कतै भेटाउन सकिन । म आत्तीन थाले, लाग्यो कतै गइन् तर त्यत्तिकै जान नपर्ने । म पागल भैं वर्वराउन थालें । गाडीबाट ओर्लेर म कतिखेर कोठामा पुगें, मलाइ पत्तै भएन । कोठामा पुग्दा मैले मेरो गोजीमा एउटा कागजको टुक्रा पाएँ जसमा लेखिएको थियो,
*Hallucination: Appointment prescription
*Hallucination : यो एक प्रकारको मानसीक रोग हो । केहि चिजलाई आवश्यकता भन्दा बढि ध्यान दिएर सोचिरहने हो भने ति वस्तुहरु आँखा वरिपरि घुमिरहन्छन् । आफूसँग टाढा भएका अथवा मृत्यु भएका व्यत्तिहरुको आकृति अगाडि घुमिरहन्छ ।
मृत्यु सपना
April 11, 2007म अति भावुक मान्छे ……… । साह्रै कमजोर मुटु भएको …… । एउटा सामान्य मान्छेझैं मलाई जिन्दगीमा रङहरु साह्रै मनपर्थे । सबैसित समान व्यवहार गर्ने मेरो बानीले सबै तानिन्थे मतिर । आमा, बहिनी, प्रेमिका र जागिर- चार कुरा महत्वपर्ूण्ा थिए मेरो जिन्दगीमा । बिहान कलेज र दिउँसो जागिरमा अधिकांश समय बिताए पनि निलुलाई समय दिन उत्तिकै भ्याउँथेँ ।
हाम्रो परिवारमा बुवाको कमी सधै हुन्थ्यो तैपनि आमाको छायाँमा म बुवालाई पाउँथेँ । आमा अलि बढी धर्मतिर लाग्नुहुन्थ्यो र पछि पछि म पनि लाग्थेँ । घरमा पूजापाठ, श्लोक वाचन, प्रवचन आदि भइरहने हुनाले एकप्रकारको धार्मिक वातावरण थियो । खुसी-खुसी बाँचिरहेको जीवनमा कुनै कमी थिएन ।
त्यसै क्रममा एकदिन मैले सपना देखेँ- एकजना अपरिचित व्यक्ति भन्दै थिए- ‘तेरो जिन्दगी साह्रै छोटो छ…….. तँ अबै चाँडै बिलाउनेछस्………तँ मर्दैछस्……….अबको पाँच दिनभित्र तँ मर्नेछस्……….जति बाँच्नेहोस्, बाँचिहाल……………तेरो आयु सकिदैछ……..जति बाँच्नेहोस्, राम्ररी बाँच ……….।’ झल्यास्स ब्युँझिएँ । घडीमा राति तीन बज्दैथियो । काम्दै गरेका खुट्टासँगै म बाथरुम गएँ । बाथरुमबाट फर्किएपछि फेरि म विस्तारामा पल्टिएँ र फेरि निदाएँ …..। सपनामा क्रमैसँग ती व्यक्ति आइरहे- ‘तेरो जिन्दगी साह्रै छोटो छ…….. तँ अबै चाँडै बिलाउनेछस्………तँ मर्दैछस्……….तँ मसँग भाग्न सक्दैनस्………जहाँ गएपनि म तेरो पछि आउनेछु………चाँडै नै मर्नेछस्………..पाँच दिन……….।
म चिच्याउनु अस्वाभाविक थिएन । शरीरमा एक किसिमको तातो दौडिरहृयो केहीबेर । कामिरहे अलिक बेर सपनासँगै । त्यो सपना मेरो लागि भयानक थियो- जति हिटलरको समयमा यहुदीहरुका लागि हुन्थे हरेक रात । ती अपरिचित मान्छेका आवाज कानभरि दौडिरहे कैयन् बेर, कैयन् पल ।
खाना खाएर अस्पताल दौड्नु मेरो पहिलो प्राथमिकता थियो । मेडिकल चेकअपपछि डाक्टर भन्दैथिए- ‘तपाइँ मर्दै मर्नुहुन्न, तपाइँको मेडिकल कन्डिसन एक्सिलेन्ट छ ।’ चित्त बुझेन मलाई- दौडिएँ ज्योतिषकहाँ ।
‘कम्तिमा पनि ७० वर्षत बाँच्नुहुन्छ….’ कुरा सुनेर अलिअलि सन्तोष जाग्यो मनमा । त्यही रात त्यही व्यक्ति त्यही मुद्रामा आए । अलिक रिसाएको भान भयो मलाई । ‘तैँले जे गरे पनि गर, तँ मर्नेछस्…….. त्यो डाक्छर………ज्योतिषलाई के थाहा तेरो मृत्युको बारेमा -’ हाँसिरहृयो त्यो निष्पट कालो अनुहार । चिच्चाउँदै उठें- ‘आमा ˜˜ ! म मर्न चाहन्न ।’ घडीमा राति ११ बज्दैथियो ।
‘अब म सुत्दै सुत्दिन’ मनैमन भनेँ । सिरानो तेर्र्सो पारेर भित्तामा अडिएँ र फोन गरे निलुलाई ।
‘हेलो ˜˜ निलु !’
‘को हो -’
‘म ….’
‘आम्मै के भयो यति राति – अझै सुतेका छैनौ -’
उसले मलाई साह्रै माया गर्थी ।
‘म सुत्नै सकेको छैन’
‘कोसिस गर न’
‘त्यो मान्छे आउनेछ फेरि’
म आत्तिदै थिएँ ।
‘मलाई मात्रा सम्भिmऊ न, कोही आउनेछैन ।’
मेरो कुरा सुनेर उसलाई अलिक अनौठो लागेको हुनर्ुपर्छ- हाँस्दै फोन राखी ।
म आडेस लिइरहेँ भित्तामा । आँखा निदाउन चाहन्थे तैपनि दिइन मैले । एकछिन सायद निदाएँ । भयानक कालो अनुहार आइरहृयो क्रमैसँग रातभरि ।
‘तैँले जसलाई फोन गरे पनि गर……तँ मर्नेछस् नै………तेरो निलुले केही गर्न सक्दिन, बुझिस् – तँ मर्नेछस् र तेरै हातबाट मर्नेछस्……….’
म कतिखेर ब्युझिएँ, मलाई थाहा भएन ।
कलेज गएर निलुलाई भेटेँ । मेरो कामिरहेको अनुहार देखेर उसले हाँस्दै भनी-
‘न्रि्रा लाग्यो कि नाइ हिँजो -’
ऊ मलाई हाँसोमा उडाउँदै थिई, उसका हाँसोका गुञ्जनहरु मेरा कानमा गुञ्जिरहे अनवरत । फरक्क फर्किएँ ।
‘नरिसाऊ न …’ ऊ पछिबाट कराउँदै थिई ।
‘आज फिलिम हर्ेन जाने ल -’
टिकट काटेर फिल्महलभित्र पसे पनि मन रमाएन । भित्र अँध्यारो भएकोले हुनर्ुपर्छ- मनैमन डराइरहेँ । पर्दामा अचानक सुरु भयो फिल्म । सबै रमाउन थाले र त्यो भिडमा निलु पनि मिसिई । ऊ मसँग टाँसिएर बसेकी थिई । उत्तेजना आए पनि अन्धकारले बढी सताइरहृयो मलाई ।
‘ओई…….. तँ आज फिलिम हर्ेन आइस् – कहाँसम्म भाग्लास् र – तँ मर्नेछस्…………आफ्नो हातले………..’
म काम्न थालेँ- त्यो कालो अनुहारको आगमनसँगै । म सपनामा थिइन, त्यही पनि त्यो मान्छे कहाँबाट आयो होला – मनभरि यस्तै नमेटिएका अँध्यारा तिर्सना उठिरहे । पसिनाले भिज्न समय लागेन । निलु मस्त थिई पर्दातर्फ। त्यो मान्छे चिच्याउँदै मतर्फआइरहेको भान भयो मलाई । उठेर भागेँ बाहिरतिर र दौडिरहेँ सडकमा । एकछिनपछि पछाडि फर्केर हर्ेदा त्यो मान्छे पछिपछि थियो । डरले आहाल थिएँ म- बाघको मुखमा परेको मेरो अनुहार स्यालझैँ भयो । म अघिअघि, त्यो मान्छे पछिपछि ।
‘कहाँ जालास् – तँ मर्नेछस् ……………………जति बाँच्ने हो, बाँचिहाल्……..’ म रुन थालेँ डरले ।
बाटोछेउँको रेष्टुरेण्टमा पसेँ । यस्सो लुकेर हेरेँ- त्यो मान्छे थिएन त्यहाँ । एक घण्टापछि रेष्टुरेण्टबाट निस्किएँ- एकजना अनुहार चिनेको मान्छे दौड्दै आए पछिबाट र मलाई च्याप्प समाते ।
‘नास्ताको पैसा तिर्नुपर्दैन -’
मलाई लाज लाग्यो ।
त्यस रात म रातभरि टिभी हेरेर न्रि्रालाई भगाउन खोजेँ र सफल पनि भएँ । दर्ुइ दिनपछि अफिस गएँ । बोस कराउँदै थियो- मैले खासै मतलब गरिन । एकदमै फोहोरो अफिसको ट्वाइलेटमा म कमै जान्थेँ । त्यसदिन ख्यालै नगरी ट्वाइलेटभित्र छिरेँ ।
मेरो होशै हरायो । म काम्न थालेँ । त्यो भयानक कालो अनुहार त्यहीँ थियो । यसपालि अझै क्रोधित मुद्रामा ।
‘तीनदिन तेरो लागि……….तँ मर्दैछस्……..’
मलाई मेरो हातप्रति पर्ूण्ा विश्वास थियो तर त्यो मान्छेप्रति थिएन । त्यो मान्छे एकाएक त्यहाँबाट विलीन भयो । म छक्क परिरहेँ । पसिनाले कमिज पूरै भिजेको थियो । सपना र विपनाका ती श्रृङ्खलाहरुले मेरा प्रत्येक काममा असर पुर्याउन थाले । मेरी प्रेमिका मप्रति अर्कै नजर लाउन थाली, अफिसमा घटुवा भयो…..पढाइ ठप्पको ठप्प………समाजमा सन्की…… पागल……आदि इत्यादि नाम पाइरहेँ ।
मेरो जीवनमा दर्ुइ दिनमै धेरै परिवर्तन आइसकेको थियो । पछिपछि त अवस्था यहाँसम्म आइपुग्यो कि- जब आँखा चिम्लन्थेँ, त्यो मान्छे आइहाल्थ्यो । ‘तँ मर्छस्…….’ । भोक, न्रि्रा, चैन, माया, हाँसो, खुसी सबै डाँडापारिको क्षितिजबाट मलाई गिज्याउँथे । त्यो मान्छे, सपना, न्रि्रा, मृत्यु……. बाटाभरि म बर्बराउन थालेँ त्यसपछि ।
चार दिन बितिसकेको थियो, त्यो मान्छेले दिन प्रतिदिन मलाई सताउन थाल्यो । जहाँ गएपनि, जे गरेपनि त्यही कुरा, त्यही मृत्यु । मलाई साँच्चिकै मरुँ झैँ लाग्यो । म सरासर उठेँ र भान्सातरि लागेँ । र्याकबाट सानो बोतल झिकेँ र पानीझैँ …………. । एकछिनपछि आँखा धमिलो धमिलो हुन थाल्यो र विस्तारै विस्तारै अँध्यारो …. अँध्यारो ।
म झल्यास्स ब्युँझिएँ । आफ्नै कोठामा थिएँ । एकदमै प|mेश लाग्यो । आँखा चिम्लदा ती व्यक्ति आएनन् फेरि । खुसी लाग्यो मनैमन । ‘थ्याङ्क यु गड….’ मनैमन भनेँ । त्यत्तिकैमा नेपथ्यबाट चिच्याउँदै गरेको आवाज सुनेँ, मलाई अचम्म लाग्यो । सायद आमा हुनुहुन्छ जस्तो लाग्यो । हतारहतार आवाज आएतिर गएँ । त्यहाँ मैले पल्टिरहेको जीव देखेँ । यस्सो नजिक गएर हर्ेदा ……… त्यो म थिएँ । मलाई केही पनि अनुभूति भएन । डर, चिन्ता, आर्श्चर्य सबै हराए आँखा अघिबाट । यस्सो पछाडि फर्किएँ- त्यो व्यक्ति त्यहीँ थियो । ऊ हाँस्दै थियो । म अवाक् उसलाई हेरिरहेँ ।
deeps_astronomer@yahoo.com

